- Loading...
क्वारेन्टाइन निर्माणमा अझै कुरो मिलेन
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

मुलुकभर कोरोनाको जोखिम बढेसँगै क्वारेन्टाइन निर्माणले तीव्रता पाएको छ । तर मोरङको ग्रामथान क्षेत्रमा भने स्थानियको मत मतान्तरण बाँझिएका कारण स्थानिय निकायले अझै पनि क्वारेन्टाइन निर्माण गर्न सकेका छैनन । लकडाउनको ५९ औ दिनमा पुग्दा ग्रामथानमा क्वारेन्टाइन निर्माण गर्न स्थानिय निकायको घैटोमा बल्ल घाम लागेको छ ।


मोरङ जिल्लाको ग्रामथान गाउँपालिका थारु समुदायको बाहुल्यता छ। हामी बिहिवार ग्रामथान गाउँपालिका पुग्दा कुनै पनि ठाँउमा क्वारेन्टाइन निर्माण भएको देखिएन । कोरोनाको संक्रमित संख्या दिनप्रती दिन बढी रहेको छ । अब ग्रामथानमा बिदेशबाट त्यहाँका स्थानिय आउने भनेपछी क्वारेन्टाइन निर्माणको कामको थालनी भरखर सुरु हुँदै छ । त्यसैगरि ग्रामथान गाउँपालिका वडा नं.४ मोतिपुरको वडा कार्यालय पुग्दा त्यहाँ रहेको महेन्द्र मावी र लोहन्द्रा आधारभुत विद्यालयमा निर्माण गर्न भनिए पनि पटकपटक बैठक राखेपनी मतमतान्तरणमा बाझिएको छ । स्थानिय जनताले क्वारेन्टाइनको लागि वडामा पहल गर्नुपर्ने तर यहाँ त वडाध्यक्ष बैजनाथ बिश्वास नै आफै क्वारेन्टाइन निर्माण गर्न स्थानियसंग पहल गरेपनी स्थानीयको फरक फरक भनाई आएको छ । वडाले क्वारेन्टाइनको लागि बनाउन पहल गरिएपनी असफल भएको छ । कसैले महेन्द्र माविमा बनाउने भन्छन त कसैले लोहन्द्रा आधारभुत बिधालयमा । पटकपटक बैठक बसे पनि निर्णयमा पुग्न सकेको छैन । यता जनता भने कोरोनाको संत्रासले घर नजिक क्वारेन्टाइन बन्ने भयो भनेर मत मतान्तरणमा बाझिएको छ । केही स्थानिय महिला भन्छन जहाँ भएपनी क्वारेन्टाइन निर्माण गर्नुपर्छ । अर्कोतर्फ भने एक स्थानिय देवनारायण चौधरी भन्छन हाम्रो लोहन्द्रा आधारभुतमा होइन महेन्द्र मावीमा किन निर्माण नगर्ने ? क्वारेन्टाइनको सामाग्री वडा कार्यलयमा त्यतिकै थन्किएको छ भने यहाँका सबै जनतामा अझै सचेतता जागेको छैन । वडा अध्यक्षको भनाई अनुसार ३०० जतिको हराहारीमा बिदेशबाट सो वडामा वैदेशिक रोजगारमा गएका युवा फर्किने भएको छ । निर्णयमा एकात्मकको टुंगो कहिले पुग्छ त ? वडाध्यक्ष बैजनाथ बिश्वास ग्रामाथान गाउँपालिका ४ मोरङ छिट्टै नै सहमति गराएर क्वारेन्टाइन बनाउने भन्नुहुन्छ । हो क्वारेन्टाइन निर्माण र ब्यब्स्थापन महेन्द्र मावीमा होस या लोहन्द्रा आधारभुत बिधालयमा । स्थानिय निकायका जनप्रतिनिधि अहोरात्र खटिए पनि स्थानिय जनताको फरक फरक बिचारका कारण निर्माण कार्यमा ढिलाई भएको देखिन्छ । सबै स्थानिय जनतामा अझै सचेतना जागेको छैन । सबैमा सकारात्मक सोचको बिकास होस र क्वारेन्टाइन निर्माण र ब्यबस्थापन छिट्टै होस स्थानिय सबैको ध्यान जागोस ।

