- Loading...
बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

बाँकेको खजुरा गाँउपालिकास्थित शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेशन उपचाररत २१ जना बिरामी निको भएर घर फर्किएका छन । निरन्तर उपचारपछि उनीहरु २० औं दिनमा घर फर्किएका हुन् ।


गत बैशाख १९ गते नेपालगन्जका ६० बर्षीय बृद्धालाई कोरोना संक्रमण देखिएसँगै अन्य २५ जनामा संक्रमण देखा परेको थियो । संक्रमित उनीहरुलाई कोरोना विशेष आइसोलेशन राखी लामो समय उपचारपछि आज घर फर्किएका छन । उचाररत २५ जनामध्ये २१ जनाको तेस्रो पटकको पनि कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताउनुभयो । बाँकी उपचाररतहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डा. थापाले जानकारी दिनुभयो । उपचारपछि घर फर्किएका उनीहरु निकै खुशी भएका छन । घर जान पाउने भएपछि आफु सुरक्षित रहँदै अरुलाई पनि बचाउन सहयोग गर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का ईसरार अहमद अन्सारीले खुशी व्यक्त गर्नुभयो । उनीहरुले डाक्टरहरुलाई समेत धन्यवाद दिनुभयो । उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार अस्पतालबाट बिदाई गरेका हुन् । उनीहरुको विदाईमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले उनीहरुलाई लिन खजुराको क्यान्सर अस्पतालमा पुग्नुभएको थियो ।

