FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    लमजुङमा जिल्ला बाहिरबाट तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लाबाट तरकारीजन्य बस्तु आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिनुभयो । आयतित खाद्य बस्तुमार्फत जोखिम बढ्ने देखिएको भन्दै कोभिड–१९ विपत् व्यवस्थापन केन्द्र जिल्ला स्तरीय कमान्ड पोस्ट लमजुङको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कक्षमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको आरडिटी जाँच गर्ने पनि बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो । बैठकले राइनास नगरपालिकाको भैरव माविमा क्वारेन्टाइन व्यवस्था गरी नेपाली सेनाको श्रीजंग गणबाट सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त बैठकले बेंसीसहरको सहजीमा रहेको क्वारेन्टाइनको सुरक्षामा सशस्त्र प्रहरी खटाउने निर्णय गरेको छ । सुन्दर बजारको लमजुङ कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनको सुक्षामा भने नेपाली सेना खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित