- Loading...
अमेरिकन फौजी किराले किसानलाई सास्ती
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

मुलुकभर बर्खे मकै लगाउन सुरू भएसँगै किसानलाई अमेरिकन फौजी किराको चिन्ताले सताएको छ । गएको माघ–फागुनमा लगाएको बसन्ते मकैलाई किसानले जसोतसो जोगाए पनि बर्खे मकै जोगाउन समस्या भएको बताइएको छ । फौजीे किराले यसवर्ष पनि किसानलाई दुःख दिएको मकै सुपरजोन दाङका प्रमुख महेश रेग्मी बताउनुभयो ।


कृषि मन्त्रालयले उक्त किराबाट मकै जोगाउन विषादी सिफारिस गरेपनि किसानलाई विषादी खरिदमा समस्या भएको छ । पहिले ल्याएका विषादी बसन्ते मकैलाई हालेर सकिएपछि अहिले किन्न नपाएको किसानहरुको गुनासो छ । तर सुपरजोन दाङका अधिकारीहरुले भने किसानका घरैमा गएर उनीहरुलाई घरायसी उपाय सिकाएको बताएका छन । धान जमरा लागेका मकैमा किराले बढी असर गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार फौजीले बालीमा २० देखि ३० प्रतिशत नोक्सान पुर्याएको छ । उक्त प्रकोप देशैभर फैलिन सक्ने भन्दै सरकारले पनि देशका विभिन्न क्षेत्रमा त्यसको रोेकथाम तथा निराकरणसम्बन्धी छलफल तथा काम गर्न थालेको कृषि मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार मुलुकभरका ४६ जिल्लालाई फौजीले प्रभाव पारेको छ ।

