- Loading...
कौशी खेतीलाई प्रवद्धन गर्न निःशुल्क तरकारीको बीउ र मल वितरण
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्धन गर्न निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ । महानगरका सबै वडामा रायो, मुला, धनिया, बोडीसहित सिमी, फर्सी लगायतको बीउ वितरण गर्न लागेको जनाएको छ ।


नगर क्षेत्रमा आयतीत तरकारीलाई विस्थापन गर्दै जाने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कौशी खेती प्रवद्र्धनमा टेवा मिलोस् भन्ने उदेश्यले महानगर अघि बढेको हो । कौशी तथा करेसामा उत्पादन गरेको तरकारीले महानगरवासीको भान्छा चलाउन केही सहयोग मिल्ने महानगरको बुझाई छ । यस्तै बीउ लैजाने किसानको उत्पादनलाई बढाउन गड्यौला मल वितरण गर्ने भएको छ । आफ्नो जग्गा भएका स्थानीयले तरकारी फलाउन एक किलोसम्म कम्पोष्ट मल पनि निःशुल्क पाउने भएका छन् । वडा नं १५ मा रहेका करिव २ हजार घरलाई बीउ र मल वितरण गर्ने तयारी भइरहेको वडाध्यक्ष मिश्रको भनाई छ । त्यस्तै गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि त्यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरेका छन । यता वाग्मती गाउँपालिकाले पनि वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउ निःशुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिनुभयो ।

