FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुहिएको चामल आपूर्ति गर्ने फार्मलाई कालो सूचीमा राख्ने निर्णय

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    कैलालीको धनगढी उपमहानगरपालिकामा कुहिएको चामल आपूर्ति गर्ने फार्मलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ । चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई कालोसूचीमा सिफारिस गर्ने निर्णय गरेको हो । उपमहानगरभित्र कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि जारी लकडाउनमा राहत वितरण भइरहेका बेला कुहिएको चामल वितरणको गुनासो आएको थियो ।

    कुहिएको चामल राहत दिएको गुनासो आएपछि उपमहानगरले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उपमहानगरले गठन गरेको समितिले आपूर्तिकर्ता ट्रेड लिंकलाई कारबाहीको सिफारिस गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । उपमहानगरबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का धनगढीमा रहेको ठाकुर ट्रेड लिंकले लिएको थियो । उपमकानगरका प्रवक्ता सन्तोष मुडभरीका अनुसार वडा नम्बर १, २, ४ र ५ का लागि उपलब्ध गराएको चामलमध्ये २ सय क्वीन्टल गुणस्तरहीन रहेको भेटिएको हो । चामल आपूर्तिकर्तालाई तत्काल २ लाख रुपैयाँ जरीवाना गरेपनि मिलोमतो भएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले कागजातसमेत नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित