FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फौजी किराले स्याङ्जाका किसान पिडित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्रमा लगाइएको मकैमा देखिएको फौजी किराले स्थानीयलाई चिन्तित बनाएको छ । गतवर्षदेखि देखा परेको प्रकोपले यसबर्ष पनि अधिकांश किसानको मकै खेतीमा क्षति पुर्याएको छ । पुतलीको माध्यमबाट सजिलै सर्न सक्ने उक्त प्रकोप बढेसंगै स्थानीय किसान त्रसित भएका छन ।

    यतिबेला रोग निवारणका लागि भन्दै स्थानीय बिषादि छर्न ब्यस्त भएका छन् । आफुहरुले दुःख गरेर लगाएको खेतीमा किराले नष्ट गर्न थालेपछि औषधी छर्नुको विकल्प नभएको गल्याङ नगरपालिका ३ का किसान माधव भण्डारीले बताउनुभयो । तर बजारमा औषधीको अभाव हुँदा सबै खेतीमा छर्न नपाएको उहाँको गुनासो छ । सोही वडाकै अर्का किसान श्यामसुन्दर बस्यालले पनि उक्त रोग फैलिदै गए, खेती भित्र्याउन नपाउने गुनासो गर्नुभयो । करिब आठ रोपनी जग्गामा भएको मकैमा रोग देखिएपछि विषादी छर्न थालेको उहाँको भनाई छ । तर विषादी छरेको दुई दिनसम्म पनि रोग निवारण नहुँदा आफुहरु चिन्तित भएको स्थानीय किसान विष्णु बस्यालले बताउनुभयो । उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुवा खाएर बोटै नष्ट पार्ने गरेको छ । मकै बालीमा मुलुकभर महामारीका रुपमा फैलिएकाले प्रकोपबाट समयमै सचेत हुन सोही नगरपालिकाको कृषि शाखा प्रमुख शिब ढकालको सुझाव छ । गतबर्ष नगरपालिकाको बेलचौर, जिमुवा, टेक्रे लगायतका ठाउँमा करिब ३ हजार ४ सय ४० रोपनीमा उक्त प्रकोप देखा परेको थियो । रातमा सक्रिय हुने किरालाई समयमै उपचार गर्न नसके बालीमा अझ बढी क्षति गर्ने प्रमुख ढकालको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित