- Loading...
गोरखाका स्थानीय तहले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने घोषणा
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ । कृषिको उत्पादन र उत्पादकत्व बढाएर किसानको आयस्तर र जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले त्यस्ता ऋणको ब्याजमा अनुदान दिने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि गाउँ कार्यपालिकाको गत वैशाख २४ गते बसेको बैठकले अनुदान कार्यविधि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।


पालिकामा व्यावसायीक रुपमा कृषि पेशामा संलग्न किसान वा फार्मलाई अनुदानमा समेट्ने बताएको छ । खाद्यान्न, तरकारी, मसला तथा फलफूल बालीमा अनुदानको व्यवस्था गरेको हो । यस्तै दुग्ध व्यवसाय, मौरी तथा कुखुरापालन र भेडा तथा बाख्रापालन सहित कार्यपालिकाले निर्णय गरेका अन्य व्यवसायमा ब्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ । त्यसका लागि गाउँपालिकाले पालिकामा रहेका बैंकसँग समन्वय गरी उपलब्ध गराएको ऋणको व्याजको ५० प्रतिशत पालिकाले तिरीदिने भएको हो । गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममार्फत व्याजमा अनुदान दिने निर्णय भएको गाउँपालिकाले बताएको छ ।

