- Loading...
भक्तपुरका किसान धानको बीउ छर्ने हतारो
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

लकडाउनकै बीच भक्तपुरका किसान धानको बीउ छर्न व्यस्त भएका छन् । खेतबारी खाली नहुँदै त्यहाँका किसानहरुलाई धानको बीउ छर्ने हतारो भएको हो । प्रि–मनसुन लम्बिँदा धेरैका खेतमा गहुँ काटिसकेको छैन । निरन्तरको वर्षाले गहुँ काट्न किसानलाई सकस भएको हो ।


तर असार नजिकिएसँगै बीउ राख्न भक्तपुरबासी हतारिएका छन् । लकडाउनले गर्दा यसवर्ष बीउ बजारमा ढिलो आएपछि स्थानीयले चाँडै बीउ राख्न नपाएको बताएका छन् । अघिल्लो वर्ष वैशाखमै बीउ जोहो गरेकोमा यसवर्ष जेठ पहिलो साता मात्रै बीउ पाएको भक्तपुरस्थित चाँगुनारायण न.पा. ५ पिखेलकी किसान जानुका थापाको भनाई छ । उहाँका अनुसार यसवर्ष वर्षा भइरहँदा पनि बीउ राख्न ढिलाई भएको हो । समयमै सिंचाई हुने खेतमा भने जेठको अन्तिम हप्तामै रोपाइँ हुँदै आएको छ । तर यसवर्ष बीउ उमार्नैै ढिलो भएकाले रोपाइँ पनि ढिलो गरी सुरु हुने स्थानीयको भनाई छ । बढी उत्पादन हुने भएकाले त्यहाँका अधिकांश किसानले चिनियाँ हाइब्रिड धान रोप्दै आएका छन् । पछिल्लो समय भक्तपुरका ७० प्रतिशतभन्दा बढी किसानले उक्त धान लगाउन थालेको बताइएको छ ।

