FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रसुवामा दुध बिक्री नहुँदा किसानलाई समस्या

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा किसानलाई समस्या भएको छ । यसअघि वैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यसवर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।

    केन्द्र बन्द भएका कारण दूध बिक्री गर्न नपाउँदा किसान चिन्तित भएका छन् । फागुन यता दुहुना चौरीको संख्या बढ्ने भएसँगै जेठदेखि साउन १५सम्म दूध उत्पादनमा बृद्धि हुने बताइएको छ । तर चौरीले दूध दिने मुख्य सिजनमै दूध बिक्री गर्न नपाउँदा उनीहरुले घरैमा घिउ र छुर्पी बनाइरहेका छन् । दिनको चार किलोसम्म दुर्खा र घिउ बनाउने गरेको चौरीपालक किसान सेनाम नुर्पु घलेले जानकारी दिनुभयो । यसअघि गएको विनासकारी भूकम्पले भवन भत्काउँदासमेत बन्द नभएको तर यतिबेला लकडाउनले निकै सास्ती दिएको उनीहरुको भनाई छ । केन्द्र नखुल्दासम्म दूध बेच्न नसकिने चौरीपालक किसानहरुले बताएका छन । दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत भएपनि मुख्यतः संस्थानले नै लैजाने गरेको छ । जिल्लाको ४ वटा केन्द्रबाट वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित