FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेको जानकी गाँउपालिकामा धानको बिउमा कालोबजारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    बाँकेको जानकी गाँउपालिका क्षेत्रका किसान हाइब्रिड धानको बिउ खोज्दै भौतारिन थालेका छन । तर गाँउपालिका भने स्थानीय जातको बिउ वितरण गर्ने तयारी गरेका छन । लकडाउनको मौका छोपी बाँकेका भेटेरेनरी सञ्चालकहरुले धानको बिउमा दिनदहाडै कालोबजारी गरीरहेका छन् ।

    भारतबाट हाईब्रिड ६४४४ जातको धानमा कालोबजारी गरेको पाइएको छ । ४ सय २० रुपैंया पर्ने उक्त धानलाई ५ सय ९० रुपैंयामा बिक्रि गरीरहेको छन् । तर धानको बेर्ना छर्ने समय भएकाले किसानहरुले चर्को रकम तिरेर भएपनि बिउ किन्न बाध्य भएका छन । आफुहरु उन्नत जातको बिउ खरिद गर्न ३–४ दिनसम्म पनि लाईनमा बस्नु परेको जानकी गाँउपालिका बडा नं. ५ बानिया गाउँका किसान भातिजे कान्दुले बताउनुभयो । धानको बेर्ना छर्ने दिन अइसकेकाले चर्को शुल्क तिरेर पनि बिउ खरिद गरेको किसान कान्दुले बताउनुभयो । धानका बिउ किन्न आएका सोही गाउँका कारेथे चौहानले भने बिउको मुल्य महँगो भएपनि यतिबेला पाएकोमा खुशी व्यक्त गर्नुभयो । तर आफु ३ दिनदेखि लाईनमा बसिरहेको बताउनु हुदै आफ्नो पालामा बिउ सकिने होकी भन्ने डर भएको उहाँले बताउनुभयो । यसअघि उक्त हाईब्रिड जातको धान ५ सय ५० रुपैंयामा बिक्रि भएको थियो । तर लकडाउन भएयता त्यसको मुल्यमा बृद्धि गरीएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ बालेगाँउका किसान नन्दकुमार बर्माले बताउनुभयो । लकडाउनको मौका छोपेर किसानहरुमाथि चरम शोषण गरेको उहाको भनाई छ । तर जानकी गाउँपालिकाले भने धानको बिउ उपलब्ध गराए पनि किसानहरुले हाईब्रीड जातको धान खोजेको बताएको छ । उक्त धान भारतमा मात्र पाउने भएकाले उपलब्ध गराउन नसकेको जानकी गाँउपालिकाका प्रसासकिय प्रमुख हरी खत्रीले बताउनुभयो । यसअघि नै गाउँपालिकाले ६ क्वीईन्टल राधा ४ र राम धान ५० क्वीईन्टल वितरणका लागि खरिद गरिसकेको प्रसासकिय प्रमुख खत्रीले बताउनुभयो । यता स्थानीय किसानहरुले भने हाईब्रीड जातको धान बिउ उपलब्ध गराउन माग गरेका छन । तर गाँउपालिकाले भने स्थानीय जातको धान बिक्रि गर्न लागेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित