FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मह उत्पादन भए पनि बजारको अभाव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    बर्सेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पास्थित बगनासकाली गाउँपालिकाको स्थानीय यसवर्ष विचलित भएका छन । मुलुकभरको बन्दाबन्दीले मह बिक्री गर्न नपाएपछि उनीहरुलाई चिन्ताले सताएको छ । स्थानीय मह उत्पादक पशुपति बस्यालका अनुसार यसपटक उत्पादित करिव ५ सय किलो मह फार्ममा नै रोकिएको छ ।

    हिमाली बी कन्स्ट्रक्सन फार्मको नामबाट ०५२ सालदेखि बस्यालले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनु भएका छन् । उहाँको फार्ममा हाल ३८८ आधुनिक घार रहेको छ । सोही घारबाट वर्षमा करिव आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुदै आएको छ । अहिले उत्पादित मह बेच्न नपाइएपछि मुलुकभरका त्यस्ता हजारौ व्यवसायी मारमा परेका छन । त्यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँसहित मुलुकका विभिन्न जिल्लामा खपत हुँदै आएको छ । तर यतिबेला लम्बिदै गएको लकडाउनले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उनीहरुको भनाई छ । गाउँपालिकाले दिएको सवारी पासले पनि बिक्री वितरणमा प्रहरीले अवरोध गरेको व्यवसायीहरुको भनाई छ । सोही गाउँपालिका क्षेत्रमा व्यवसायिक रुपमा मौरीपालन गर्ने २० जना किसान छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित