FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लकडाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो ।

    उक्त अभियान अन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । सोही वडास्थित लालीममा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती शुरु गरिएको छ । वडा कार्यालयसँग समन्वय गरी कम्तीमा तीन रोपनी क्षेत्रमा सामूहिक वा व्यक्तिगत तवरले व्यावसायिक रुपले खेती गर्ने कृषक समूह वा व्यक्तिलाई लगानीको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । तर तीन रोपनीभन्दा कम क्षेत्रफलमा खेती गर्ने किसानलाई भने टोल विकास संस्थाले निःशुल्क बीउबिजन वितरण गर्ने वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको अन्य वडामा पनि त्यस्ता जग्गा सदुपयोग गर्ने अभियानमा सक्रिय भएर लागेको शुक्लागण्डकीका उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । जिल्लाका दक्षिण भेगमा पर्ने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि यस अघिबाटै अभियान बढाएकोे बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित