- Loading...
स्याङजामा उत्पादित कृषि उपजलाई बिक्री वितरण सहज
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

लकडाउनपछि स्थगित भएको स्याङजास्थित भीरकोट नगरपालिका क्षेत्रमा लाग्ने हाटबजार संचालनमा आएको छ । यसअघि पालिकाको सिसौघारीस्थित बसपार्कमा साप्ताहिक रुपमा बजार संचालन हुँदै आएको थियो । तर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण झण्डै ३ महिनाको अवधिमा बजार बन्द भएको हो ।


कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरण गर्न जारी लकडाउनले स्थानीयको कृषिउपज बारीमै कुहिएको भन्दै शनिबारबाट पुनःसञ्चालनमा ल्याइएको नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो । प्रत्येक दिन बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिने भएपनि विक्री वितरण भने दिउसो १२ वजेपछि मात्र हुने नगरपालिकाले जनाएको छ । किसानको उत्पादन नगरपालिकाले होलसेल मुल्यमा खरिद गरी उपभोक्तालाई विक्रि गर्ने बताइएको छ । तर किसानले भने आफ्ना उत्पादन विहान १२ बजे अगावै बजारमा ल्याउनुपर्ने र नगरपालिकाले तोकेको भाउमा खरिद बिक्री हुने नगर उपप्रमुख सिमा केसी कर्माचार्यले वताउनुभयो । यता वजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी खरिद बिक्री गर्ने गरी व्यवस्था मिलाईएको नगरपालिकाका प्रवत्ता तथा कृषि संयोजक दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

