FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फौजी किरा नियन्त्रणमा रयापिड रेस्पोन्स टिम निकम्मा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    प्रदेश १ मा अमेरिकन फौजी किराको प्रकोपले किसानले लगाएको मकै सखाप हुन थालेको छ । लामो समयसम्मको लकडाउनले गर्दा किरा नियन्त्रणमा भने खासै प्रभावकारी कदम चालिएको छैन । लकडाउनले गर्दा किसान र प्राविधिकबीच सम्पर्क गर्न समस्या हुँदा र समयमा विषादी उपलब्ध नहुँदा प्रदेशका किसानले लगाएको कृषिबालीमा किराको प्रकोप अझ फैलिदै गएको छ ।

    कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेश १ को सोलुखुम्बुबाहेक सबै जिल्लामा उक्त किरा फैलिएको छ । प्रदेशको एक सय ३७ पालिकामध्ये ८४ पालिकामा लगाइएको मकैबालीमा त्यसको प्रकोप फैलिएको पाइएको छ । निर्देशनालयकी सूचना अधिकृत सरस्वती श्रेष्ठका अनुसार प्रदेशको १० हजार ६ सय ३४ हेक्टर जमिनमा लगाएको मकैमा किराले प्रत्यक्ष असर पुर्याएको छ । किराको संक्रमण फैलिएसँगै प्रदेशका ३२ हजार ५ सय ४० घरधुरी मारमा परेका छन् । लकडाउनमा रोग नियन्त्रण प्रभावकारी ढंगले हुन नसक्दा यस वर्षको हिउँदे र वर्षे मकैबालीमा किराको प्रकोप गतवर्ष भन्दा बढी फैलिन पुगेको छ । यता कृषि प्राविधिकहरूका अनुसार लकडाउनकै कारण सहज रूपमा विषादी उपलब्ध हुन सकेको छैन । किरा नियन्त्रण गर्न प्रदेश सरकारले गठन गरेको रयापिड रेस्पोन्स टिमले पनि खासै काम नगरेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित