FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विदेशको कमाई छाडेर गाउँघरमा कृषिमा रमाउनुको छुट्टै कथा ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    राज्यबाट अनुदान पाउन पहुँच हुनुपर्छ भन्ने उदाहरण बन्नुभएको छ उहाँ करिब बीस बर्षको व्यावसायिक कृषि पेसामा राज्यको अनुदान कस्तो हुन्छ भन्ने स्वाद समेत चाख्न पाउनुभएको छैन । तरकारी बजारबाट किनेर लागेहरु राज्यको कृषि अनुदानको लिस्टमा पर्ने गरेको देशमा असली कृषकले राज्यले कृषि क्षेत्रमा छुट्टएको बजेट भासण भन्दा अन्य स्वाद चाख्न पाएका छैनन् ।

    बुवा श्यामलाल भण्डारी र आमा गोमादेबि भण्डारीले यहीँ कृषि क्षेत्रमा काम गरेर दस जना छोरीलाई पढाई लेखाइ गराउनु भएको अनुभव सुनाउदै बुवाको मृत्यु पश्यात आफुले उक्त पेसा सम्हाल्दै आएको माइला छोरा नारायण भण्डारीले बताउनुभयो । घरदेखी करिब तीन किलोमीटरको दुरिमा बजार भएको र त्यहीँ बजारमा पढ्न जानुपर्ने हुँदा किताबको झोलासंगै तरकारीका बोरा बोकेको अनुभव सुनाउनुहुन्छ उहाँ । बुवाले यहीँ तरकारी खेती गरेर हामी दश जना दाजुभाइ दिदिबहिनीलाई हुर्काउनु भयो । बुबाको मृत्युभएको ११ बर्ष भयो मैले पनि बुबाले सिकाएको पेसा अङगाल्दै आएको छु कृषक नारायणको भनाइ थियो । गल्याङ नगरपालिका दुई बौटुकमा कृषि पेसा गर्दै आउनुभएका भण्डारी बुवाको मृत्युपछि गल्याङ बजारमा बसेर बिहान बेलुका कृषि पेसा गर्नुभएको छ । उक्त ठाउँमा बास्ती एक्लो भएका कारण र कसैको प्रोत्साहन नपाएपछि बजारमै बसेर अन्य काम सहित बिहान बेलुकाको समयलाई कृषि क्षेत्रमा लगानी गर्नुभएको छ । बिदेशमा मनग्ये आम्दानी हुने ठानेर वैदेशिक रोजगारको लागी मलेसिया पुग्नुभएका भण्डारी तीन बर्ष पश्यात स्वदेशमै फर्किएर अन्य जागीर सहित कृषि क्षेत्र तिर लाग्नु भएको छ । बिदेशी भुमिमा गर्ने मिहिनेत नेपालमै गर्न सके मनग्ये आम्दानी हुने उहाँको अनुभव छ । हाल गल्याङ अपसेट प्रेसको प्रबन्ध निर्देशकको रुपमा कार्यरत उहाँले करिब तीन किलोमीटरको दुरिमा रहेको खेतमा बिहान बेलुकाको समय सदुपयोग गरेर तरकारी खेती गर्नु भएको छ । बुवाले जेनतेन यहीँ पेसा हामीलाई हुर्काउनु भयो । कहिकतैबाट सहयोग नपाएपनी बुवाले देखाएको बाटो छोड्न नसकेर दिउँसोमा जागीर गरेपनि बिहानबेलुका तरकारी खेती लाई समय दिएको छु । उहाँको भनाइ थियो । कृषि क्षेत्रमाका काम गर्ने इच्छा त छ तर न बुवाले कुनै सहयोग पाउनुभयो न म मैले पाएको छु त्यसैले कृषि पेशामा पुर्ण आत्मनिर्भर हुन नसकेपछि दिउँसोको समयमा जागीर गरेको उहाँले थप्नुभयो । राज्यले अरबै रुपैयाँ कृषिको लागि छुट्टएको समयमा साच्चिकै बिगतदेखी कृषि क्षेत्रमा लागि परेकाहरुलाई यसले छुन सकेको छैन । देखावटी कृषि गरेर अनुदान लिनकै लागि जन्मिएका नयाँ कृषकको हुलले नेपालको कृषि क्रान्ति सफल हुने देखिदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित