FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गोलभेडाले बजार नपाउँदा खेतबारीमै कुहियो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    बाँकेको जानकी गाउँपालिका ३ का किसानले उत्पादन गरेको लाखौ मुल्य बराबरको गोलभेडा खेतमै कुहिने भएको छ । देशमा जारी लकडाउनले गोलभेडा लगायतका तरकारी विक्री नहुँदा खेतमै नष्ट हुने देखिएको हो । देशमा कोरोना कहर एकातिर छ भने अर्कोतिर किसानले उत्पादन गरेको कृिष उपजले बजार पाएका छैनन । यस्तै भएको छ, बाँकेको जानकी गाउँपालिका वडा नं.३ मा । किसानले उत्पादन गरेको गोलभेडाले उचित बजार नपाउँदा खेतबारीमै कुहिएर नष्ट भएको छ ।

    देशमा जारी लकडाउनले उनीहरुको उत्पादनलाई व्यवस्थापन गर्न, स्थानिय सरकारबाट कुनै योजना बन्न सकेको छैन । स्थानीय स्तरमा उत्पादित कृषिउपज विक्रीका लागि तोकिएका तरकारी बजार बन्द हुँदा समस्या भएको स्थानीयले बताएका छन । आफुहरुले उत्पादन गरेको तरकारी खेतमै खेर गएपनि सरकारको नजर नपरेको किसान हजरत अली बागवानले बताउनुभयो । यतिबेला जिल्ला प्रशासन कार्यालयले अत्यावश्वक खाद्यान्न विक्रीका लागि निश्चित समय तोकेको छ । तर उक्त समय किसानहरुका लागि उपयुक्त नभएकाले आफुहरुको उत्पादन खेतबारीमै कुहिएको अर्का किसान अव्दुल सरीद बागवानको भनाई छ । किसानहरुले उत्पादन गरेको लाखौ मुल्य बराबरको गोलभेडा सहित लहरे जातका तरकारी बाली बारीमै नष्ट भएको छ । स्थानीयस्तरमा उत्पादन भएको गोलभेडा सहित तरकारीलाई स्थानिय सरकारले नै व्यवस्थापन गर्न उचित हुने स्थानिय पदम बिकको सुझाव छ । तर अहिलेसम्म कसैको खेतबारीमा तरकारी नकुहिएको सोही गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी खत्रीको भनाई छ । विश्वभर फैलिएको कोरोना महामारीमा पनि बाँकेका किसान कृषि उत्पादनमा क्रियाशिल छन । तर त्यहास्थित उत्पादित तरकारीहरुले उचित बजार नपाउँदा स्थानीय किसान मर्कामा परेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित