
- Loading...
आगामी वर्षबाट किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण गरिने
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

आगामी आर्थिक वर्षदेखि किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम शुरु गर्ने भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग भर्चुअल संवाद गरी त्यस्तो प्रतिबद्धता गर्नुभएको हो । छलफलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ ।


सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रम अन्तर्गत किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको हो । त्यसका लागि काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल भइसकेको छ । सङ्घीय सरकारले किसानको आफ्नै बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिनुहँदै प्रदेश सरकारलाई पनि त्यही अनुसार बजेट ल्याउन मन्त्री भुसालले आग्रह गर्नुभएको छ । त्यसका लागि ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण शुरु गरिने भएको छ । मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु गर्न बजारको राष्ट्रिय नेटवर्क बनाइने बताउनुभयो । सोही छलफलमा प्रदेशका मन्त्रीहरुले पनि स्थानीय उत्पादनले मुल्य नपाउने तर बाहिरी आयतमा बृद्धि भइरहेकाले उक्त प्रस्तावमा सहमत भएको बताइएको छ ।

