- Loading...
माछालाई दाना अभाव भएपछि रोटेसन सिस्टम लागू
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दाना अभाव भएपछि रोटेसन सिस्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दाना आयात घटेपछि रोटेसन सिस्टम लागू गरिएको केन्द्रका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो । पहिले तीन पटकसम्म दाना खुवाउँदै आएकोमा अहिले एक छाके वा दुई छाके गरेर दाना खुवाउने गरिएको छ ।


विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण देश लकडाउन भएपछि दाना आयात गर्न नसक्दा समस्या भएको हो । यसअघि दानाका लागि आवश्यक पर्ने सिद्र माछा भारतबाट आयात गरिँदै आएको थियो । केन्द्रका अनुसार दाना बनाउनका लागि आवश्यक पर्ने सिद्रा माछा नेपालमा पाइएको छैन । दानाको कमीले माछाको वृद्घि विकास हुन नसक्ने समस्या आउने तथा आउने वर्ष अण्डा उत्पादनमा कमी आउने केन्द्र प्रमुख भण्डारीले बताउनुभयो । उहाका अनुसार आगामी वर्ष गुणस्तरीय अण्डा तथा माछाका भुरा उत्पादनसमेत प्रभावित हुने देखिएको छ । लकडाउनकै कारण केन्द्रले उत्पादन भएका भुरा किसानसम्म पु¥याउन नसकेको हो । किसानका पोखरीमा रहेका माछा बिक्री हुन नसक्दा उनीहरु केन्द्रमा आएका छैनन् । अहिले केन्द्रमा ४० हजार भुरासहित ४ हजार ५ सय ठूला माछा रहेको बताइएको छ ।

