
- Loading...
विराटनगरको बजारमा स्वदेशी तरकारीको खोजी
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

स्थानीय उत्पादनले बजार धानेपछि विराटनगर महानगरपालिकामा भारतीय तरकारी आयात रोकिएको छ । लकडाउन र सीमा सिल गरेपछि भारतबाट हरियो तरकारी आयात बन्द गरिएको हो ।


लामो समय बाटामै लाग्ने भएपछि तरकारी कुहिने, घट्दो माग र नेपाली उपभोक्ताले स्थानीय उत्पादन खोज्न थालेपछि हरियो तरकारी मगाउन छाडेको व्यापारीहरुले बताएका छन् । तर भारतबाट आयात नगर्दा पनि नेपाली बजारमा भने हरियो तरकारीको अभाव भएको छैन । लकडाउनकै कारण प्रदेश १ का विभिन्न जिल्लामा आधा तरकारी खेतबारीमा कुहिँदासमेत महानगरका अढाई लाख जनताको माग स्वदेशी उत्पादनले धानेको छ । अहिले नेपाली किसानले उत्पादन गरेको हरियो तरकारीले बजार लिएको विराटनगर–७ की स्थानीय कमला क्षेत्रीको भनाई छ । त्यस्तै आयतीत भारतीय भन्दा नेपाली खेतबारीको तरकारी सस्तो भएको पनि त्यस क्षेत्रका उपभोक्ताहरुको भनाई छ । लकडाउनअघि भारतबाट दैनिक गोलभेडा, परबल र करेलालगायत ५० टन तरकारी आउने गरेपनि अहिले ल्याउनु नपरेको व्यवसायीहरुले बताएका छन ।

