FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बुढीखोलामा घाट र तटबन्ध निर्माणमा इटहरी नगर प्रमुखको विरोध

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    Post Thumbnail

    सीमानामा पर्ने खोलामा घाट र तटबन्ध निर्माण बनाउने विषयमा सुनसरी र मोरङका दुई नगरबिच विवाद उत्पन्न भएको छ । बुढीखोला पुर्व पर्ने मोरङको सुन्दरहरैंचा र पश्चिममा पर्ने सुनसरीको इटहरीबिच विवाद उत्पन्न भएको हो ।

    बुढीखोलाको बाढीले बस्ती जोखिममा पर्ने भएपछि जल तथा प्रकोप उत्पन्न नियन्त्रण कार्यक्रमको सहयोगमा तटबन्द निर्माण शुरु भएको छ । तर इटहरी उपमहानगरले त्यस कार्यमा अवरोध गरेपछि सुन्दरहरैंचा नगरका स्थानीय र जनप्रतिनिधिले आपक्ती जनाएका छन् । त्यसयता मोरङ र सुनसरी जिल्लाको बुढिगंगा खोलामा २ स्थानिय तहबिच सिमानाको बिबाद चुलिदै गएको छ । सुन्दरहरैंचातर्फ बुढीखोलाको उतरपट्टि बिधुतिय शब दाहसंस्कार गृह र दक्षिणपट्टि तटबन्ध निर्माण बनाउने काम अघि बढाइएपछि इटहरी उपमहानगरपालिकाले अवरोध गरेको छ । आफूहरुसँग सम्झौता विपरीत एकलौटी काम गरेको भन्दै इटहरीले निर्माण कार्य रोक्न दबाब दिएको हो । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका अनुसार बुढीखोलाको स्वभाविक बहाव रोक्ने गरी खोलामा संरचना बनाउँदा पुलका साथै वरीपरीका वस्ती पनि जोखिममा पर्छ । दुई नगरको बिचमा पर्ने बुढी खोलाको विषयमा दुवै मिलेर काम गर्ने भन्ने सहमती विपरीत एकलौटी काम गरिएपछि रोक्न भनिएको उहाँको भनाइ छ । विहीबार इटहरीका मेयर द्धारिकलाल चौधरीसहित उपमेयर लक्ष्मी गौतमले निर्माण कार्य रोक्न दवाब दिएर काममा अवरोध गरेको थियो । नगर प्रहरीसहित स्थानीय र काम गरिरहेका मजदुरमाथि आक्रमक शैलिमा प्रस्तुत भएको सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल बताउनुहुन्छ । सुनसरीका जनप्रतिनिधि मोरङमा बिबाद गर्न आउने कारण नरहेको र यसरी जनतालाई त्रसित पार्ने गतिविधि तत्काल रोक्नुपर्ने उहाँको भनाई छ । खोला नजिक बस्ती छ । बुढीखोलाको बाढिले निकै दुख दिएको छ भने साढे चार सय परिवार भन्दा बढी बाढिले प्रभावित छन । दुई वर्षअघि खोलामा आएको बाढीले मानव वस्तीमा पस्दा ६ जनाको ज्यान गएको थियो । सुन्दरहरैंचाले तटबन्ध निर्माण गर्दा पुरानो तटबन्ध भन्दा छोडेर पुर्वतर्फ किनारामा डुङ्गाजाली लगाउने काम गर्दैछ । कोरोनासंग मर्नु भन्दा बाढीमा खोलाले लाने डर छ । सुन्दरहरैंचा नगरपालिकाले विशेष गरेर दक्षिणतर्फ बस्ती जोगाउनतर्फ तटबन्ध निर्माण र उतरतर्फ घाट निर्माण गर्न लाग्दा इटहरी उपमहानगरपालिकाले दादागिरी शैलिमा अबरोध गरेको सो स्थानका सरोकारबला बताउछन । यसमा मानव बस्तिकै लागि सुन्दरैंचाको जमिन मिचिदा सुन्दरहरैंचाले अबरोध अहिलेसम्म नगरेको सुन्दरहरैचाका नगर प्रमुख ढकाल बताउनुहुन्छ । नेपाल सरकार जलउत्पन्न कार्यालयको ६७ लाखको लागतमा बुढीखोला पुल दक्षिणपटि निमार्ण भइरहेको छ । सुन्दरहरैंचा कोभिड १९ जोखिम पत्रकारिता समूले सुन्दरहरैंचाको हरेक गतिविधिमा सहयोग पुर्याउदै आएका क्रियाशील पत्रकारहरुले समेत सो ठाउँको अवलोकन शनिबार गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित