
- Loading...
लकडाउनमा पनि रोल्पामा सडक निर्माणमा जुट्दै स्थानीय
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

लकडाउनबीच पनि रोल्पामा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक निर्माण कार्यले तीव्रता पाएको छ । रोल्पा नगरपालिका–१० धबाङमा सडक निर्माणमा स्थानीयले नै कुटो कोदालोको प्रयोग गरी सडक निर्माण गरिरहेका छन् ।


स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेट रहेको मौरीखोला–बासिन्धारा सडक यसवर्ष पनि स्थानीयले निर्माण गरिरहेका छन् । अघिल्लो वर्षमा स्थानीयले नै खनेको उक्त सडक यसवर्ष पनि उनीहरुमार्फत नै निर्माण थालिएको हो । स्थानीयको सहभागितामा सडक निर्माण गर्दा भू–क्षय लगायतका प्राकृतिक क्षति कम हुने र जनताले पनि रोजगारी पाउने सोही वडाका वडा सदस्य शेरबहादुर थापाले बताउनुभयो । यसवर्ष कोरोना भाइसको कारण बैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा काम गर्न जानेहरु पनि घरमै बसेकाले अन्य योजना पनि जनताकै सहभागितामा निर्माण गर्ने तयारी वडा कार्यालयले गरेको छ ।

