FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चैते धानको बाला बोटमै सुक्यो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    झापाको गौरादह नगरपालिका–४ मजुवाका किसानले लगाएको चैते धान बोटमै सुक्न थालेको छ । धानको बाला लपक्क नुहिएको भएपनि यतिबेला सुक्न थालेको हो । शुरु शुरुमा एक दुईवटा बालामा मात्र त्यस्तो समस्या आएको थियो । तर अहिले पूरै खेतको बाली सुकेको छ । सोही क्षेत्रका लगभग १५ घरपरिवारले ५० बिघा क्षेत्रफलमा लगाएको धान अहिले उक्त अवस्थामा पुगेको छ ।

    धान काट्ने समयमा आगो लगाउनुपर्ने अवस्था आएको सोही क्षेत्रका किसान पर्शुराम धमलाको भनाई छ । बाली उठाउने बेलाको धान खेतमा सुकेर गएपछि किसानमा चिन्ता थपिएको छ । अधिकांश किसानको चैते धानमा अहिले बाला सुकेर जाने समस्या आएको छ । धानको डाँठमा कालो हुने र त्यसमाथिको भाग सुक्ने गरेको सोही स्थानका किसान मचिन्द्र कार्कीले जानकारी दिनुभयो । धानको गुभामै नौलो जातिको कीराले आक्रमण गरेको छ ।  धानको गुभोमा मसिनो सेतो रङको कीरा देखिएको किसानहरुले बताएका छन । कीराले खाएपछि बोटको माथिल्लो भाग सुकेर बाला नै सेतो देखिन थालेको हो । त्यहाँ क्षेत्रमा अहिले ५० बिघा बढी क्षेत्रफलमा गरिएको धानको बालामा भुस मात्र फलेको छ । धानभित्र चामल नभएर भुस भएपछि स्थानीय किसनन चिन्तित बनेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित