FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दूग्ध क्षेत्रमा राहत प्याकेज ल्याउन दूध व्यवसायीले माग

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    आगामी आर्थिक वर्षको बजेटमा दूग्ध क्षेत्रमा राहत प्याकेज ल्याउन दूध व्यवसायीले माग गरेका छन । दूग्ध क्षेत्रमा गरिएको लगानी जोगाउन नेपाल डेरी एशोसिएसनले राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको हो । कोरोना भाईरसका कारण भएको बन्दाबन्दीले पार्टी प्यालेस, स्कुल, होटल तथा रेष्टुरेण्टसहित क्यान्टिन र शहरका उपभोक्ता गाउँ फर्किएपछि करीब ८० प्रतिशत बजार गुमेको छ । त्यसयता उत्पादन लागत बढि भएकाले दूध क्षेत्रमा अरबौ रूपैयाँ नोक्सान भएको एशोसिएसनले बताएको छ ।

    लकडाउनमा दूध क्षेत्रलाई सञ्चालन गर्न दिएपनि मूख्य सिजनमा बजार नहुँदा व्यवसाय घाटामा गएको एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताउनुभयो । सिजनमा प्रयोग गर्न भन्दै भण्डारण गरिएको र एक वर्ष मात्र म्याद भएको ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्रि नहुँदा गोदाममै थकिएको छ । दुधजन्य पदार्थ बिक्री नभएपछि चालु पुँजी जाम भई किसानको भुक्तानी दिन नसकेको तथा नियमित घरभाडा, तलब, बैंक व्याज र बिजुलीको बिल लगायतको खर्च यथावत रहेको बताइएको छ । त्यसको व्यवस्थापन गर्न सरकारले विना धितो उद्योगको प्रमाण पत्रको आधारमा सहुलियत दरको ऋण कम्तिमा ५ वर्षका लागि दिनुपर्ने उनीहरूको माग छ । सरकाले राहत प्याकेज नदिए ३० अर्वभन्दा बढि लगानी रहेको दूग्ध क्षेत्र पलाएन हुने व्यवसायीहरूले बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित