FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेको खजुरा गाँउपालिकाको क्वारेन्टाइन मापदण्ड विपरित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    बाँकेको खजुरा गाँउपालिकाको प्रत्येक वडामा बनाइएको क्वारेन्टाइन मापदण्ड विपरित देखिएको छ । गाँउपालिकाले हरेक वडामा क्वारेन्टाइन बनाएपनि सेवा सुबिधा विहिन छ । खुल्ला चौरमा बनाइएको क्वारेन्टाइनमा दिनमा घामपनीसँगै सर्प तथा विछ्छीको डरसँगै रात कटाउनुपर्ने बाध्यता छ ।

    खजुरा गाँउपालिकाको वडा नं. २ मा रहेको योगिनि मध्यामिक विद्यालयका क्वारेन्टाइनमा बसेका नागरिकलाई असहज भएको छ । त्यहाँस्थित वडा कार्यालयले पानी खाने जग तथा हातमा लगाउने सेनिटाईजर समेत उपलब्ध गराएको छैन । यता मास्कसहित क्वारेन्टाइनमा आबश्यक स्वास्थ्य सामाग्री पनि दिएका छैनन । अझ उनीहरुका लागि खानासमेत आफनै घरबाट पुर्याउने गरेका छन । त्यहाँका क्वारेन्टाईनमा ७ देखि १० जना एउटै कोठामा कोचारीएका छन् । उनीहरुको सामुहिक शौचालय छ । यता सरकारले भने सामाजिक दुरी कायम गरी बस्नुपर्ने भनी उर्दी जारी गरेको छ । तर त्यहाँस्थित क्वारेन्टाईनको अवस्था देखेर खाफुहरुलाई कोरोनाबाट बचाउन नभई कोरोनाकै जोखिममा ल्याएको स्थानीय अभिशेक सुनारले बताउनुभयो । सोही गाँउपालिकाको वडा नंं. ५मा रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालयको क्वारेन्टाइनमा बसेका स्थानियको पनि समस्या उस्तै छ । उनीहरुसँग कोठामा बत्ती तथा पडंखाको अभाव छ । त्यस्ता असुविधा भएको गुनासो राख्दा गाउँपालिका भने आफना लागि आफै ल्याउनु भनी जवाफ दिने गरेको त्यहाँस्थित क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ । तर २ नं. वडाका वडाध्यक्ष देविलाल खनालले भने पालिकामा आर्थिक अभाव भएकाले उपलब्ध गराउन नसकेकोे स्वीकार्नुभएको छ । उहाँले केही समयभित्र मास्क र सेनिटाईजर भने उपलब्ध गराउने बताउनुभयो । यसअघि उक्त गाँउपालिकालाई नमुना गाँउपालिका रुपमा घोषणा गरिएको थियो । तर पछिल्लो अवश्थाले चर्चा कमाउन मात्रै हल्ला गरेको कतिपयको भनाई छ । त्यहाँका अबश्थाबारे स्थानीयले गुनासो गर्दासमेत गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपती, आफुलाई त्यसबारे केही जानकारी नभएको बताउने गर्नुभएको छ । तर विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट आफनो नागरिकलाई बचाउन गरिएको कार्यमा सामान्य सुविधा दिन नसके गाँउपालिकाले त्यस्ता क्वारेन्टाइन बन्द गर्नु जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित