FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फलफूल, तरकारी तथा खाद्यान्नमा आत्मनिर्भर बन्ने मध्यनेपाल नगरपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    कोरोना संक्रमण रोक्न लकडाउन बढ्दै गएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा खेती बढाउने योजना अघि सारेको छ । बाँझो जमिनमा तरकारी र फलफूल खेती गर्ने युवालाई प्रतिरोपनी ५ हजार रुपैयाँसम्म नगरपालिकाले अनुदान दिने भएको छ । ४० वर्षमुनिका युवा उक्त कार्यक्रमबाट समेटिने नगरले बताएको छ ।

    बेरोजगार युवालाई स्वरोजगार बनाउँदै कृषि उत्पादन बढाउन अनुदानको कार्यक्रम ल्याइएको नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताउनुभयो । उहाँका अनुसार बाँझो जमिनमध्ये आफनै जग्गामा खेती गरे ४ हजार र भाडाको जग्गामा खेती गरे ५ हजार प्रतिरोपनी अनुदान दिने निर्णय गरिएको छ । खेती गर्न चाहने युवाका लागि वडा कार्यालयमार्फत निवेदन संकलन भइरहेको छ । संकलित निवेदनलाई युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रममा अनुदान दिने भएको हो । सोही कार्यक्रमले कोराना महामारीसँगै सम्भावित खाद्यान्न संकट टार्न र दीर्घकालीन रुपमा युवालाई कृषि कार्यमा टिकाउन योगदान पुग्ने उपमेयर राजकुमार श्रेष्ठको भनाई छ । त्यस्ता कार्यक्रमले कृषि उत्पादनमा बृद्धि हुनुका साथै युवा रोजगारी र फलफूल, तरकारी तथा खाद्यान्नमा नगरपालिका आत्मनिर्भर बन्ने विश्वास गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित