FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सर्लाहीमा लिची बगान ठेक्का लाग्न अझै सकेन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची ठेक्का लाग्न सकेको छैन । लालबन्दी नगरपालिकास्थित बागवानीमा उत्पादन भएको लिची ठेक्का नलागेको केन्द्रले जनाएको छ ।

    केन्द्रले लिची बिक्रीका लागि प्रथमपटक १४ लाख १० हजार तीन सय दुई रुपैयाँ मूल्य राखेर बढाबढ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । १५ दिनमा कसैको पनि आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ । दोस्रोपटक सूचना जारी गरेको केन्द्रले लिचीको ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य सात लाख ९२ हजार आठ सय १८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो । गतवर्ष उक्त बगैँचाको लिची करिब २२ लाखमा ठेक्का लागेको थियो । तर यसपटक पनि आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ । लकडाउनका कारण बजार तथा यातायातका साधन नखुलेपछि ठेक्का आवेदन नपरेको हुन सक्ने केन्द्रका प्रमुख चौबेको भनाइ छ । यता ठेक्का लिएर पनि लकडाउन भैरहँदा व्यापारीलाई बिक्री गर्न समस्या छ । समयमै बिक्री गर्न नसकिए ठेक्का नै गुम्ने व्यवसायीमा डर भएको केन्द्रका अधिकारीहरुले अनुमान गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित