FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी बिक्री नभएपछि कम्पोष्ट मल बनाउँन शुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै भएको लकडाउनले किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । उत्पादन भएको तरकारी बिक्री नभएपछि उनीहरुले खेतबारी र मल खाडलमा फालेर कम्पोष्ट मल बनाउँन थालेका छन् । बजारमा तरकारी किन्ने ग्राहक नहुँदा व्यापारीहरुले उत्पादन भएका ताजा तरकारी खरिद गर्न छाडेका हुन् ।

    चितवनको खैरहनी नगरपालिका वडा नं. १, बहेरा गाउमा पनि किसानहरुले तरकारी फयाक्न बाध्य भएका छन । गाउँका स्थानीयले कृषि उपार्जनका लागि खनजोत, मलबीउ तथा गोडमेलमा लाखौ रकम खर्च गरेपनि उत्पादित बस्तुले बजार नपाएको गुनासो गर्ने गरेका छन । अहिले उनीहरुको बारीमा भिन्डीसहित अन्य तरकारी उत्पादन भएको छ । त्यस्ता उत्पादित भिन्डी स्थानीय ग्रामिण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा बिक्री गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादित ताजा तरकारी काठमाडौं, पोखरा, नारायणगढ, हेटौडा लगायतको बजारमा पुग्ने गरेको छ । तर अहिले पाँच रुपैयाँमा पनि बिक्री नभएपछि टिपेको भिन्डी समेत कुहाएर कम्पोष्ट मल बनाउन स्थानीय किसान लागिपरेका छन । गाउँका अन्य किसानहरुले भने खेतबारीमै लगेर फालेका छन् । तर भिन्डी टिप्नकै लागि प्रतिघण्टा ८० रुपैयाँका दरले कर्मचारी लगाउनु परेको स्थानीय किसान लक्ष्मण थारुको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित