- Loading...
सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको

आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लामो समयको लकडाउनले तेस्रो मुलुक र भारतबाट कच्चा पदार्थ आयातमा समस्या हुँदा तेल उद्योगमा असर देखिन थालेको हो ।


कच्चापदार्थ अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ । श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । बन्दाबन्दीसँगै क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो समय कच्चा आयात गर्न नसकिएको सञ्चालक रिजालले बताउनुभयो । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग अहिले बन्द भएको छ । यस्तै भारतमासमेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो । विराटनगरकै चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीका अनुसार कच्चा बोकेको जहाज कोलकाता बन्दरगाहमै लामो समय अड्किएको छ । पछिल्लो समय तोरीको मूल्य प्रतिकेजी ७५ बाट ८५ रुपैयाँमा वृद्धि भएको छ । भारत निर्यात गरिने पिनासमेत गोदामै राख्नुपर्ने अवस्था आएको छ ।

