
FLASH NEWS
- Loading...
कृषि फार्ममा आगलागी हुँदा १२८ वटा बाख्रा जलेर मृत्यु
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

बर्दियाको गेरुवा गाउँपालिका—३ स्थित शान्तिबजारमा रहेको न्यू कालिका कृषि फार्ममा आगलागी हुँदा १२८ वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।


सञ्चालक विजय चलाउनेका अनुसार आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको छ । विद्युत् लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करिब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । सोही आगलागीबाट किसानलाई करिव ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
