FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फौजी किराको आतङ्कले खोटाङका किसान चिन्तित

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले खोटाङका किसान चिन्तित बनेका छन । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यसवर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।

    गतवर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडा तथा आसपासका केही स्थानीय तहमा देखापरेको प्रकोप यसवर्ष १० वटै स्थानीय तहमा देखिएको छ । उक्त प्रकोपले बेँसी क्षेत्रमा लगाइएको मकै सखाप पार्न थालेको स्थानीय किसानहरुले बताएका छन । तीन÷चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि किसान चिन्तित बनेका छन । प्रकोप देखिएको क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । उपचार गरेको ठाउँमा किरा नियन्त्रणमा आएपनि नयाँ ठाउँमा देखिन थालेकाले समस्या सिर्जना भएको छ । अहिले जिल्लाभरका किसानको अन्नबालीमा प्रकोपका रूपमा फैलिएको फौजी किराको आतङ्क रोक्न सम्बन्धित स्थानीय तहसँग पनि सहकार्य शुरु गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित