FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सेलर मिल सञ्चालनले गल्याङका स्थानियलाई टेवा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    स्याङजाको गल्याङमा आधुनिक प्रबिधिको बिकाससंगै सञ्चालनमा आएको सेलर मिलले स्थानियलाई टेवा मिलेको छ । स्थानीय उत्पादित कृषिउपजलाई प्रशोधन गरी बजारीकरण गर्न सहज भएयता उनीहरु खुशी भएका छन ।

    समय अनुकुल र ठाउँ अनुसारको परिवर्तनलाई मध्यनजर गर्दै गल्याङ नगरपालिका ३ फलाङ स्याङजामा अर्याल राईस एण्ड आयल मिल संन्चालनमा आएसंगै स्थानीय उत्साहित भएका छन । एक काम दुई पन्थ भनेझै सबै कुटानी पिसानी एकै ठाउँमा हुने भएपछि किसानको उत्पादनले मुल्य पाएको स्थानीयको भनाई छ । स्थानीय उत्पादित खाद्यबस्तुलाई प्रसोधन गरी गहुँबाट खाने आटा, धानका चामल र तोरीको शुद्ध तेल मिलमा उपलब्ध हुने हुँदा अहिले त्यस आसपासका गाउँ स्यानापुक, पट्काङ बटुवा र लल्याङ क्षेत्रका उपभोक्ता लाभान्वित भएका छन । सोही मिलबाट उपभोक्ताले अर्गानिक चक्की आटा तथा चामल तौल गरी लान पाउने ब्यबस्था मिलाएको मिल सञ्चालक भेमलाल अर्यालले बताउनुभयो । दुई जनाको संयुक्त लगानीमा केही महिना अघि सञ्चालनमा आएको मिलमा अहिले पशु चौपायका लागि भुष, चोकर तथा दाना र बोटबिरुवाका लागि तोरीको पिनासमेत उपलब्ध छ । स्थानीय क्षेत्रमै ग्राहकको मागबमोजिम सेवा दिन थालेपछि मिलमा उपभोक्ताको संख्या बढ्दै गएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित