FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाँचखालमा गोलभेँडाको मूल्य प्रतिकिलो २ रुपैयाँ

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको बेला व्यापारीले सस्तो मूल्यमा तरकारी दिन माग गरेपछि काभ्रेका किसानले खेतबारीमै कुहाउन थालेका छन । बन्दाबन्दीकै कारण तरकारीको खपत घटेको दाबी गर्दै व्यापारीले मूल्य घटाएर तरकारी बेच्न किसानलाई भन्दै आएका छन ।

    तरकारीको मुख्य उत्पादन क्षेत्र रहेको पाँचखालमा गोलभेँडाको मूल्य प्रतिकिलो दुई रुपैयाँमा झरेपछि किसानले खेतमै कुहाउन थालेका हुन । आफूहरुले लाखौंै खर्च गरेर उत्पादन गरेको तरकारीले बजार नपाएपछि स्थानीय किसान त्रसित भएका छन । यतिबेला पाँखखालका किसानले २५ किलोको एक क्रेट गोलभेँडालाई व्यापारीले एकदेखि एक सय ५० रुपैयाँ मात्रै दिने भनेपछि दिने भनेपछि बारीमै कुहाउन बाध्य भएका छन । पाँचखाल नगरपालिका–७ खाँडापाख्राका किसान चेतनाथ दंगालका अनुसार काठमाडौंसम्म ढुवानी गरी प्रतिक्रेट ६५ रुपैयाँका दरले बिक्री भइरहेका छन । सोही विश्लेषण अनुसार किसानले ढुवानी भाडाबाहेक २५ किलो गोलभेँडाको मुल्य ३५ रुपैयाँसम्म पाउने गरेका छन । त्यस तथ्यांकले प्रतिकिलो डेढदेखि दुई रुपैयाँसम्म भाउ आउने भएपछि गोलभेँडा बारीमै कुहिन थालेको छ । तर लकडाउन सुरु भएयता भारतबाट करिब ६ अर्बको तरकारी आयात भइसकेको छ । काठमाडौंका उपभोक्ताले गोलभेँडाको प्रतिकिलो ४० रुपैयाँसम्म तिरिरहेका छन । पाँचखालको सबै गोलभेँडा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आउने गरेको छ । मंगलबार कालिमाटीको थोक बजारमा गोलभेँडाको भाउ २० रुपैयाँ तोकिएको थियो । यता ललितपुरको भैँसेपाटीमा सोही गोलभेँडाको उपभोक्ता मूल्य ४० रुपैयाँमा बिक्री भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित