FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फौजी किरा नियन्त्रणमा बाँकेका स्थानीय निकाय मौन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको पिडाले छट्पटिएका किसानहरुलाई फौजी किराको समस्याले उस्तै सताएको छ । मकै बालीमा लागेको प्रकोप नियन्त्रण गर्न नसक्दा बाँकेका किसान पिडित भएका छन । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले पसल बन्द भएपछि किट्नाशक विषादी खरिदमा समस्या भएको छ ।

    विषादी अभावकै कारण बाँकेका किसानहरुको मकैबाली फौजि किराले सखाप बनाएको छ । आफुहरुले लगाएको बालीमा विषादी छिट्न नपाउँदा किराले क्षति पुर्याएको स्थानीयको भनाई छ । तर त्यस्ता प्रकोप नियन्त्रण गर्न आफुहरुलाई कुनै पनि निकायबाट सहयोग नमिलेको डुडुवा गाँउपालिका ६ का किसान हेमराज यादवले बताउनुभयो । यस्तै सोही वडाका अर्का किसान सविता यादवको पनि समस्या उस्तै छ । आफुहरुले निकै मेहेनेतका साथ लगाएको मकैवाली जोगाउन असहज भएको उहाको भनाई छ । विभिन्न किसिमका विपदसँगै फौजी किराले पनि आफुहरुजस्ता गरिव परिवारलाई समस्यामा पारेको किसान यादवको गुनासो छ । तर लकडाउनका कारण किसानहरुले फोनमार्फत सल्हाह लिएर विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाई छ । मकैमा विषादी प्रयोग सम्बन्धी जानकारी कृषि ज्ञान केन्द्रको अधिकारिक फेसबुकमा भिडियो राखेको पनि प्रमुख ढकालले बताउनुभयो । देशका अधिकांश किसान ग्रामीण बस्तीमा रहेको विभिन्न तथ्यांकले पुष्टि गरिसकेको छ । त्यस्ता किसानहरुका लागि पर्याप्त सुचना तथा सञ्चारको पहँुच नहुँनु आफैमा विडम्पना छ । किसानहरुका लागि राज्यले दिने विउविजन, विषादी तथा अनुदानमा साना किसानको पहुच अझैसम्म पुग्न सकेको छैन । तर कृषि ज्ञान केन्द्रको फेसबुकमा राखिएको भिडियोले वास्तविक किसानको मर्म बुझन सक्ला ला त । त्यसको परिणाम हेर्न अझै बाँकी छ । यता किसानले खेतबारीमा लगाएको बालीमा लागेको प्रकोपप्रति स्थानीय सरकार अझै बेखबर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित