- Loading...
इटहरी उपमहानगरपालिकाले अनुदानमा किसानलाई गाई बितरण
- कृषि टि.भी.
- ३ साल अघि
- २४ पटक पढिएको

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका किसानलाई अनुदानमा गाई बितरण गरेको छ । किसानको जिवनस्तरमा सुधार गर्दै सोही उपमहानगर दुधमा आत्मनिर्भर बनाउन उनन्त जातका गाईको बाछी वितरण गरेको हो । स्थानीय निकायबाट पुर्ण अनुदानमा गाई पाएपछि गाईपालक किसान पनि खुसी भएका छन ।


इटहरी उपमहानगरपालिकाले मंगलबार वडा नं.१ मा एक कृषक समुहका २५ जना गाईपालक किसानलाई १ र १ वटा उन्नत जातका कोरेली गाई बितरण गरेका छन । आफ्ना किसानलाई दुग्धमा आत्मनिर्भर बनाउन र आर्थिक जीवन स्तर उकास्न बितरण गरेको हो । उन्न्त जातका गाई किन्न महगो हुने हुदा आर्थिक स्तर कमोजर भएका र जो गाई किनेर पाल्न नसक्ने किसानलाई सत प्रतिसत अनुदानमा बितरण गरेको इटहरी उपमहानगर पालिकाका उपप्रमुख लक्ष्मी गौतम भनुहुन्छ । यस आर्थिक बर्षमा ७५ वटा कोरेली गाई ३ वटा वडामा बितरण गर्ने लक्ष्य लिएको छ । जसमा २० लाख छुट्याएको उप प्रमुख गौतमले बताउनु भयो । यता कोरेली बाछी पाएका किसानलाई प्रोत्साहन बढेको छ भने खुसी हुँदै किसान भन्छन । गाइपालन क्षेत्र र कृषि कर्मको राम्रो पकेट क्षेत्र रहेको वडा १, २ र बितरण गरिसकेको छ भने अब वडा २ मा पनि बितरण गर्ने छ । अनुदान पाएका लक्ष्मी १ नं वडा कृषक समुहका अध्यक्ष शंकरलाल चौधरीले गाईपालन गर्न सक्ने गोठ ब्यब्स्थापन गर्न सक्ने किसानलाई छनौट गरेको भनाई छ । दुग्ध उत्पादन गरेर आर्थिक उपार्जन गर्न टेवा पुग्ने छ भने कृषक समूह र वडा जनप्रतिनिधिले अनुदान पाएका किसानको घरमा अनुगम गर्ने सो वडाका निमित वडा अध्यक्ष निश्चल पोखरेल भनुहुन्छ । यता मोरङ ग्रामथान (७ को जयपती कृषि फर्म बाट इटहरी उपमहानगरपालिकालाई ७५ वटा कोरेली बाछि दिएका फर्म संचालक यादव ढकालले इटहरी उपमहानगरपालिका र किसान प्रतिको धारण यसरी ब्यक्त गर्नुहुन्छ । जसरी इटहरी उपमहानगरपालिकाले कृषि क्षेत्रमा र दुग्ध्मा आत्म निर्भर बनाउन नगरभित्रका कृषकलाई प्रोत्साहन स्वरुप कोरेली गाई बितरण गरेको छ। यसमा कृषि कर्म गर्ने किसानको मनोबल बढेको छ भने किसान प्रोत्साहित समेत भएको देख्न सकिन्छ। अन्य स्थानिय तहका पालिकाले पनि यसबाट पाठ सिक्न जरुरी छ ।

