- Loading...
चारकोसे झाडीबाट काठ तीव्र तस्करी
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

चारकोसे झाडीले परिचित बाराको जंगलबाट लकडाउनसँगै काँचो रुख, गोलाई र चिरानको तीव्र तस्करी हुन थालेको छ । डिभिजन वन कार्यालय बाराले चोरी बढेको सूचनाको आधारमा छापामारी तीव्र बनाएसँगै ठूलो परिमाणमा काठ बरामद हुन थालेको छ । त्यसयता जंगलमा काठको तस्करी ब्यापक रुपमा बढेको पाइएको हो ।


झण्डै एक दशकपछि ६ महिनायता वन क्षेत्रभित्र भएको घना बस्ती र चौतर्फी रूपमा खोलिएका बाटो, निमार्णाधीन निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा बस्ती बढेसँगै तस्करी हुने गरेको छ । वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेमा अधिकांश स्थानीय रहेको वन सरोकारवालाको भनाइ छ । चोरी तस्करी बढेसँगै सशस्त्र प्रहरी र वन रक्षकसहितको टोलीले अनुगमन थालेसँगै एकै दिनमा कोल्हवी नगरपालिका–५ ककडी नयाँटोलबाट ५ हजार बढी क्युफिट परिमाणको साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको छ । उक्त टोलका अधिकांश परिवारले नजिकैको जंगलबाट काठ तस्करी गरी घरको गोठ आगन तथा बारीमा लुकाइ राखेको अवस्थामा टोलीले काठ बरामद गरेको हो । बरामद गरिएको उक्त काठ सब डिभिजन वन कार्यालय मधुवन अन्तर्गतको इलाका वन कार्यालय ककडीमा घाटगद्धी गरी राखिएको छ ।

