- Loading...
२९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

खोटाङको सदरमुकामस्थित २९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको पाइएको छ । बिचौलियासँग मिलोमतो गरी मालपोत र नापीका कर्मचारीले साविकको खोटाङ गाविस ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराएका खुलेको छ । कित्ता नम्बर ८१५ को १३ रोपनी १४ आना १ दाम स्थानीय गजेन्द्रकुमार थापा र कित्ता नम्बर १३७ को १४ रोपनी १४ आना ३ पैसा २ दाम रामबहादुर थापाको नाममा दर्ता गराइएको पाइएको छ ।


मालपोत र नापीका कर्मचारीले व्यक्तिको नाममा दर्ता गराएपछि आफ्नो नाममा समेत ल्याएका छन् । फिल्डबुकमा पर्ती जनाएको सरकारी र सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारी समेतलाई प्रभावमा पारेर आफ्नो नाम बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुधानबाट खुलेको छ । थापाद्वयले आफ्नो नाममा दर्ता गराएपछि उक्त जग्गा कित्ता फोड गरी तीनै मालपोत कार्यालयका कर्मचारीको नाममा पास गरी बाँकी जग्गा निजकै नाममा राखेको देखिएको छ । तत्कालीन मालपोत अधिकृत कटकबहादुर खत्रीले साविक फिल्डबुकमा जङ्गल र पर्ती भनिएको उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराउने निर्णय गरेको पाइएको छ । सार्वजनिक सम्पत्तिको दुरुपयोग कार्यमा संलग्न खोटाङका मालपोत अधिकृत यदुनाथ दाहाल र नापी खोटाङका प्रमुख सियाराम चौधरीसहित ९ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरिएको छ ।

