FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • छुमचौर जीउलोमा मार्सिधान रोपाई शुरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने ठाउँका रुपमा परिचित छुमचौर जीउलोमा धान रोपिएको छ । जुम्लाको छुमचौर जीउलोमा मार्सिधान रोपाई शुरु भएको हो । पातारासी गाउँपालिकाको सहयोगमा कालिमार्सी धान संरक्षण तथा प्रर्बद्धन केन्द्रको सहजीकरणमा धान रोपिएको पातारासी ३ का वडाध्यक्ष बिर्खराम बोहोराले जानकारी दिनुभयो । उहाका अनुसार धान रोप्न स्थानीय आफै जागरुक भएका हुन् ।

    यसअघिका वर्षहरुमा अहिलेको समयमा यार्सा टिप्न अधिकांस किसान पाटनतिर जाने भएकाले धान रोपाईमा ढिलाई हुने गरेको वडाध्यक्ष बोहोराको भनाई छ । तर यसवर्ष कोराना भाइरसका कारण पाटन जान रोकिएपछि किसानले त्यहाँ मार्सीधान रोपेका हुन् । दुई बर्षदेखि त्यस क्षेत्रमा धान रोप्न थालिएको स्थानीयले बताएका छन । गतबर्ष भन्दा यसबर्ष स्थानीयको उत्साहपुर्ण सहभागीताले बढि क्षेत्रफलमा धान रोपिएको बताइएको छ । गतवर्ष २ हजार वर्गमिटर जग्गामा धान रोपिएकोमा यसवर्ष ५ हजार वर्गमिटर खेतमा धान रोपिएको वडाध्यक्ष बोहोराले जानकारी दिनुभयो । कर्णालीको पहिचान बोकेको छुम जीउलोको संरक्षण गर्न पनि कालिमार्सि धान रोपिएको हो । त्यहाँका किसानलाई धान रोप्न जागरुक बनाउन पातारासी गाउँपालिकाले हरेक बर्ष धान महोत्सव आयोजना गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित