FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ४० प्रतिशत अलैंची अझै बिक्री भएन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    गत साउनदेखि मंसिरसम्म किसानले उत्पादन गरेको ४० प्रतिशत अलैंची अझै बिक्री भएको छैन । नेपालले उत्पादन गरेको ९८ प्रतिशत अलैंची भारतमा बिक्री हुदै आएको छ । तर पछिल्लो समय विभिन्न बाहनामा त्यस्ता उत्पादित कृषिउपज व्यसायीसँगै रोकिएको छ ।

    लकडाउनपछि पनि भारतबाट खाद्यान्न लगायतका सामान नेपालमा दिनहुँजसो आइरहेका छन् । नेपालबाट भने कुनै पनि सामाग्री निर्यात हुन सकेको छैन । व्यवसायीहरुले त्यस्ता रित्तै फर्कने ढुवानीका साधनमा अलैंची पठाउन चाहेका छन् । अलैचीं व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार भारतले विभिन्न बाहना बनाउदै नेपाली अलैची निर्यातमा रोक लगाएको छ । नमुना परीक्षणका लागि पटना र कलकत्ता पठाउनुपर्ने अलैंचीलाई अहिले पश्चिम बंगाल सरकारले अस्वीकार गरेको छ । साउनदेखि नयाँ उत्पादन सुरु हुने भएपनि गतवर्षकै अलैचीले गोदाम भरिएको छ । भारत निर्यात नहुँदा अहिलेको बजार मूल्य पनि अनिश्चित भएको छ । कलकत्तामा हुने मूल्य अनुसार नेपालको दैनिक मूल्य निर्धारण हुने गरेको थियो । लकडाउनअघि झापा विर्तामोडमा प्रतिमन २८ हजार रुपैयाँ थियो । यस्तै नेपाल अलैंची व्यसायी महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी किसानका लागि कृषि पुनःउत्थानका आर्थिक कार्यक्रम र व्यवसायीका लागि कर्जामा ब्याज छुटको माग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित