FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असारे धानको न्युनतम समर्थन मूल्य सिफारिस

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३७ पटक पढिएको
    Post Thumbnail

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असारे धानको न्युनतम समर्थन मूल्य सिफारिस गरेको छ । मन्त्रालयले पहिलो पटक बाली लगाउनुपूर्व धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको हो । गत वर्षहरूमा बाली भित्राउने बेलामा मन्त्रालयले सर्मथन मूल्य तोक्ने गरेको थियो ।

    बाली लगाउनुपूर्व नै समर्थन मूल्य तोकिदिँदा किसानहरुलाई बाली लगाउन सहज हुने मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ रूपैयाँ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा पठाइएको छ । मन्त्रालयका अनुसार किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च र मुनाफाको आधारमा मूल्य सिफारिस गरिएको छ । यस्तै उद्योग मन्त्रालयमार्फत मन्त्रीपरिषदले धानको समर्थन मूल्य स्वीकृत हुने प्रावधान छ । प्राविधिक प्रतिवेदनसहित उद्योग मन्त्रालयमा सिफारिसका लागि पठाएको कृषि मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित