- Loading...
कृषि बाली तथा पशुपंक्षी बीमाको प्रिमियम अनुदान रकममा बृद्धि
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

सरकारले कृषि वाली तथा पशुपक्षी बीमाको दायरा थप विस्तार गरि जोखिम न्यूनिकरण गर्न बीमा प्रिमियम अनुदान रकममा बृद्धि गरेको छ । विहिबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नुहुर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रिमियमबापत किसानले तिर्नुपर्ने रकम बाली उत्पादन भएपछि तिर्ने सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो ।


गत आर्थिक वर्ष बाली तथा पशुपन्छी विमा कार्यक्रम अन्तर्गत लाग्ने विमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । आगामी आर्थिक वर्षमा त्यसको दायरा थप गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । उहाले कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको बताउनुभयो । यस्तै उहाँले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जानकारी दिनुभयो । यता सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख र सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री खतिवडाले ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने बताउनुभयो । भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको उहाले बताउनुभयो । सरकारले महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ । त्यस आयोजनालाई सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिण सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

