- Loading...
सिँचाई पूर्वाधारको विकास र विस्तारलाई आगामी वर्षको बजेटमा विशेष प्राथमिकता
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

सरकारले कृषियोग्य भूमिमा सिँचाई पूर्वाधारको विकास र विस्तारलाई आगामी वर्षको बजेटमा विशेष प्राथमिकता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा २६ लाख जनशक्तिलाई रोजगारी सिर्जना गर्ने र कृषि उत्पादन बढाउने योजनासहितका कार्यक्रम पनि ल्याउने भएको छ ।


ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको योजना अनुसार कोरोनाका कारण विदेशबाट रोजगारी कटौती भई नेपाल फर्किने करिब ११ लाख, देशभित्रै रोजगारी गुमाउने १० लाख र श्रम बजारमा प्रत्येक वर्ष थप हुने ५ लाख जनशक्तिलाई कृषिमा रोजगारी सिर्जना गर्ने लक्ष्यको बजेट आउन लागेको मन्त्रालयका एक अधिकारीले जानकारी दिएको छ । अनुदानमा सवा ५ हजार ट्युबेल २७ जिल्लाका २२ हजार हेक्टरमा मधेस सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सरकारले स्यालो तथा डिप ट्युबेल गाड्ने, तान्ने पम्प जडान गरिदिने र नहर तथा कुलो निर्माणका कार्यक्रम ल्याउन लागेको छ । अघिल्ला वर्षहरूमा त्यस कार्यक्रम अन्तर्गत सिँचाई मन्त्रालयले ट्युबेल गाडेर पानी तान्ने पम्पको व्यवस्थापन, कुलो र नहर निर्माणको जिम्मा किसानलाई नै दिने गरेको थियो । त्यस अनुदान कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि ५ हजार थान स्यालो र २ सय ४७ डिप ट्युबेल निर्माण गर्ने कार्यक्रम ल्याइने भएको छ ।

