FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी र फलफूल ढुवानीका गाडी दार्चुला प्रवेशमा रोक

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    दार्चुला जिल्लामा बाहिरी जिल्लाबाट आयात हुने तरकारी र फलफूल ढुवानीका गाडी प्रवेशमा रोक लगाइएको छ । महाकाली नगरपालिका–६ का एक युवक बिहीबार कोरोना संक्रमित भेटिएपछि सतर्कताको लागि तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको प्रवेशलाई पूर्णरुपमा रोक लगाइएको हो ।

    संक्रमित भेटिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिरी जिल्लाबाट तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको आवागमन पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम स्थित सार्वजनिक स्थल, अव्यवस्थित रुपमा सञ्चालित पसलहरु हटाउने तथा महाकाली नगरपालिकाको बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्ने निर्णय गरिएको बताइएको छ । यस्तै बैठकले बजार क्षेत्रमा हुने अनावश्यक भिडभाडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको उल्लंघन गरिएको पाइएमा संक्रमित रोग ऐन २०२० अनुसार कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित