
- Loading...
आँपले बजार नपाउँदा ६० करोड बढीको घाटा
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

सिरहा, सप्तरी र धनुषा जिल्ला आँपको पकेट क्षेत्रका रूपमा परिचित छ । विभिन्न प्रजातिका आँपको खेती हुँदै आएको ३ जिल्लामा २५ हजार हेक्टर क्षेत्रफलमा उक्त खेती लगाइएको छ । आँपको कारोबार बर्सेनी ६० करोड भन्दा बढीको रहेको सोही क्षेत्रका जानकारहरुले बताएका छन । तर यसवर्ष लकडाउनका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।


प्रत्येक रूखमा लटरम्म आँप फलेको भएपनि पाकिसकेकालाई बजारको समस्या भएको छ । त्यसक्षेत्रमा उत्पादित आँप मुख्यगरी इटहरी, चितवन, काठमाडौं, पोखरा लगायतका शहरमा जाने गरेको थियो । तर लकडाउनयता बजार बन्द भएपछि ठूला सहरमा पठाउन समस्या आएको किसान र व्यापारीहरुले बताएका छन । सिरहाको धनगढीमाई नगरपालिका–१ बल्टियामा पाँच बिघा क्षेत्रफलमा त्यसको खेती गर्दै आउनु भएका मधुरी दासले बजारको अभावमा यसवर्ष लगानी जोखिममा परेको बताउनुभयो । दासको बगैँचामा आँप उत्पादनमा करिव ४० लाख बढी लगानी भएको बताइएको छ । यता लहानका शुभलक्ष्मी फ्रुट सेन्टरका सञ्चालक शिवकुमार साहको पनि सोही खेतीमा करिव २५ लाख लगानी गुम्न लागेको बताउनुभयो । उक्त तीन जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सप्तरीमा आँप र सिरहामा त्यससँगै धानबाली जोन र धनुषालाई माछा सुपर जोन घोषणा गरिएको छ । सिरहामा मात्रै ५ हजार ६ सय ७० हेक्टरमा आँप खेती हुँदै आएको छ ।

