FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजारमा दूधको खपत २५ प्रतिशतले कमी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ं भन्ने मूल नाराका साथ दसौँ अन्तराष्ट्रिय विश्व दूध दिवस मनाइएको छ । विश्व दूध दिवस १ तारिख जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु गरेको थियो । नेपालमा विगत नौ वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विश्व दूध दिवस मनाउँदै आएको छ ।

    हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि कुनै औषधि तथा खोप बन्न नसकेको अवश्थामा रोगसँग लड्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प रहेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो । बोर्डले दुध दिवसको अवसरमा सोमबार सामाजिक दूरी कायम गरी दूधको विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । यस्तै नेपाल डेरी एसोसिएसनले दिवसको अवसरमा नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रद्वारा सञ्चालित होस्टलमा ८० लिटर दूध, चामल र चिनी प्रदान गरेको छ । यता देशमा दैनिक औसत रुपमा ६२ लाख लिटर दूध उत्पादन हुदै आएको छ । त्यसमध्ये ३१ लाख लिटर दूध बजारमा बिक्री हुने गरेको छ भने अर्को ३१ लाख दूध किसान आफैँले उपभोग गर्दै आएको छ । तर पछिल्लो समय बजारमा दूध बिक्री २५ प्रतिशतमा झरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित