FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्दै गाउँपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेलाई कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । कागतीको सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकाले आईतबार बतासेका चार कृषक समूहमा आवद्ध किसानलाई उन्नत जातक मानिने ‘सुन कागती १’ प्रजातीको विरुवा बाँडेको छ ।

    पकेट क्षेत्रका रुपमा गरिने उक्त खेतीबाट किसानलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप धनकुटाबाट १ लाख ५ हजारको ३ हजार ५ सय बोट बेर्ना ल्याएर किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । पकेट क्षेत्रका रुपमा बिकास गर्न स्थानीय हरियाली, राम्चे हरियाली, देविस्थान र खावासी कृषक समूहलाई प्रतिसमुह ८७५ वटाका दरले विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शहरबाट भारी बोकेर गाउँबाट रित्तो फर्कने ट्रकमा स्थानीय उत्पादन निर्यात गर्ने लक्ष्यका साथ बतासेमा त्यसको पकेट क्षेत्र विस्तारको काम थालिएको हो । ‘बियर, चाउचाउजस्ता सामान बोकेर आउने मालवाहक सवारी साधनमा कृषिजन्य उत्पादन भरेर पठाउने गाउँपालिकाको योजना छ । गाउँपालिका अध्यक्ष राईका अनुसार त्यसका लागि पालिकामा किवी, सुन्तला, लिची र कागतीको पकेट क्षेत्र बनाउने, बाख्रा र बंगुरपालन गर्ने अभियान सुरु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित