- Loading...
मौरीपालन व्यावसायमा रमाउदै वालीङ स्याङजाका किसान
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

मौरीपालन व्यावसाय गर्दै आउनुभएका वालीङ स्याङजाका किसान पुख्र्यौली पेशामै रमाउनु भएको छ । वालीङ नगरपालिका १३ उदियाचौरका किसान खेमप्रसाद पाठकले करिव १० वर्षयता व्यवसायिक रुपमा मौरीपालन गर्दै आउनु भएको छ । अहिले उहाँको घरमा ७५ वटा मौरीका घार छन ।


एक घारमा प्रत्येक बर्ष १५ किलो मह उत्पादन हुने र मह बिक्रीबाटै बर्षमा ६ लाखसम्म कुल आम्दानी हुँदै आएको उहाँको भनाई छ । परम्परागत शैलीमा निर्माण गरिएको मुडे घारमा मौरी पाल्दै आउनुभएका पाठकले सम्बन्धित निकायबाट आधुनिक घार, व्यवसायमा अनुदान तथा आवश्यक तालिमको व्यवस्था भए मौरीपालनमा थप टेवा मिल्ने बताउनुभयो । यतिबेला बजारमा मिसावटरहित शुद्ध मह उत्पादनले उपभोक्ताको माग पनि एक्कासी बढेको छ । यता गाउँबाट अधिकांश युवा रोजगारीको खोजीमा बिदेश पलायन हुने र त्यस्ता जनशक्ति शहरमा बसेपछि ग्रामीण भेगका अधिकांश खेतीयोग्य भुमी बाँझो बस्न थालेको छ । तर किसान पाठकको मौरीपालन व्यवसायले गाउँका त्यस्ता बाँझो जमिनलाई उचित सदुपयोग गरे आफनै गाउँलाई कोरीया बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।।

