FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुई वटा बिरुवाबाट शुरु भएको कागती खेतीमा अहिले १५ जनाको रोजगारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    कतिपय युवाहरु रोजगारीको खोजी गर्दै देश विदेशसम्म भौतारिने गरेका छन । तर मोरङको बुढिगंगा गाउँपालिकाका एक जना किसान कागती खेतीबाटै लाखौ आम्दानी गर्न सफल भएका छन । दुई वटा बिरुवाबाट शुरु भएको उहाँको व्यवसायमा अहिले स्थानीय १५ जना बढीले रोजगारी पाएका छन ।

    बुढिगंगाको वाड नं. ६ का ढालुराम माझीले दुईवटा कागतीको बिरुवाबाट सुरु गरेर अहिले ५ बिघामा खेती गरिरहेका छन् । उनका अनुसार वार्षिक ४० लाखसम्म आय रहेको छ । लाखै नेपाली युवाहरू वैदेशिक मोहमा परिरहेको बेला ६१ वर्षका ढालुराम माझी भने स्वदेशमा आफ्नै पौरखमा रमाइ रहेका छन् । छोरालाई पनि पढाएर कृषि पेसामानै आबद्ध गराएका छ । आफू पढ्न नपाए पनि घरमै कृषि बिज्ञ तयार पार्ने उद्धेश्यले छोरालाई कृषि क्षेत्रकै शिक्षा दिएको बताउनु भयो । अहिले उनको छोराले पनि वि.यस.सी एग्रिकल्चर सकेर सुनसरीमा मेवा खेती गरिरहेका छन् । माझीले विज्ञ किसान बनाउने सपना देखेर पठाएको छोराको सम्झना गर्दै नेपालका युवाहरूलाई पनि विदेशमा हैन आफ्नै देशमा केही गर्न सुझाव दिन्छन् । माझी दुई वटा बिरुवाबाट सुरु गर्दा ५ बिघा सम्म कागती खेती फैलाउन सक्छु भनेर केही सोचेको थिएन । तर गर्दा हुँदो रहेछ । कृषिमा धेरै सम्भावना छ ।” माझी मात्र ५ कक्षा सम्म पढेका हुन । तर पनि उनको लगाव, मेहनतले कृषिमा असम्भव देख्नेहरूको लागि एक उदाहरण बनेको छन् । उनको टिकलीगाछी फलफूल कृषि फर्मको नाममा रहेको कागती खेतीमा १२ जना भन्दा बढी रोजगार दिएका छन् । लकडाउनले गर्दा अहिले भने काम गर्ने ९ जना रहेको उनले बताए । प्रति व्यक्ति मासिक १५ हजार सम्म उनले काम गर्नेलाई दिने गरेको माझीले बताउनुहुन्छ । कागती जतिनै उत्पादन गरे पनि माग अनुसार पुराउन नसकिने माझी बताउँछन् । स्थानीय क्षेत्रमा नै कागतीको माग धेरै भएकोले अन्य ठाउँ पुराउनै गारो हुने गरेको उनले जनाए । धेरै माग हुने र उत्पादन कमी भएको कारण कागती खेतीबाट जो कोहीले काम गर्न सके मज्जाले घरमै बसेर लाखै आय गर्न सकिने माझी बताऊ छन् । माझीले ४ प्रकारको कागती विक्री गर्नुको साथै कागतीको अचार उत्पादन गरी रहेका छन् । कागतीको बिरुवा पनि बेच्ने गरेको उनले बताए । उनलाई अहिले जोहोकीले नामबाट भन्दा कागती किसानको परिचयबाट परिचित छन् । उनको नामबाट भन्दा पनि कागती किसानको परिचयबाटै परिचित हुँदा सुखी लाग्ने गरेको माझी बताउँछन् । २०७० सालमा ५१ वर्षको उमेरमा उनको श्रीमतीको निधन भए पछि उनको अहिलेको सफलता देख्न नपाएकोमा भने केही गुनासो रहेको छ । तर ४ जना छोरीको विवाह गरिसकेको र छोराले पढेर वैदेशिक मोह भन्दा कृषि पेसामा आबद्ध हुँदै मेवा खेतीनै गरिरहेको हुँदा उनी धेरै खुसी छन् । उनको कागती खेतीले स्वदेशमा बसेर नै कृषि क्षेत्रबाट पनि मज्जाले आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण दिएको छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित