FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गतवर्ष दुई मेट्रिक टन मात्र धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको जनाएको छ । विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री वितरण शुरु गरेको विश्वविद्यालयका प्राध्यापक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

    कोभिड–१९ को जोखिमका कारण किसानसँग बीउ पुग्ने सम्भावना कम रहेपनि धानको बीउ खरिद गर्न स्थानीय विश्वविद्यालय पुग्ने गरेको छ । विश्वविद्यालयले जिल्लाका कृषक समूहमार्फत किसानसम्म सहज रूपमा बीउ पुर्याउने गरेको छ । कोरोना भाइरसले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले बताउनुुभयो । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो । तर पछिल्लो समय विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको बताइएको छ । यस्तै असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित