
- Loading...
संरक्षणको अभावमा लोप हुँदै कछुवा प्रजाति
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

नेपालमा कछुवा प्रजाति बढी मात्रामा चोरी सिकारी हुने गरेको अनुसन्धानकर्मीहरुले बताएका छन् । बेचविखन तथा उपभोगका लागि उक्त प्रजाति नेपालमा उपयोग हुने गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । कछुवा दिवस २०२० को अवसर पारेर क्यारोन नेपाल र वातावरण अध्ययन तथा संरक्षण केन्द्रद्वारा आयोजित कार्यक्रममा विज्ञहरुले नेपालमा पाइने सबै १६ प्रजातिका कछुवाहरु संकटमा रहेपनि त्यसको संरक्षणमा पर्याप्त ध्यान नपुगेको बताइएको छ ।


उभयचर एवं सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहका अनुसार त्यस प्रजातिको जीव नेपालमा विभिन्न बहानामा मारिने तथा ओसारपसार हुने गरेको छ । यसअघि आयोजित एक कार्यक्रममा क्यारोनका संस्थापक एवं उभयचर अध्येता प्रकाशचन्द्र अर्यालले कछुवा नेपालका तराई क्षेत्रमा मात्रै पाइने र उपभोगको सिकार बन्दै आएकाले संरक्षणमा चुनौती आएको बताउनुभयो । यस्तै कछुवा प्रजाति खुलेआम विक्री वितरण तथा घरमा पालिदासमेत सरकार मौन रहेको उनीहरुको भनाई छ । नेपालमा ठूला प्रजातिका जीवहरुको अनुसन्धानमा प्राथमिकता दिँदा साना प्रजातिहरुका अनुसन्धान नभइरहेको उनीहरुको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि कछुवाको बासस्थान मासिदै गएको अनुसन्धानकर्ताहरुको भनाई छ । सन् २०१० मा नेपालमा पाइने कछुवाहरुको अध्ययनमा संलग्न त्रिविका केन्द्रीय वातावरण विज्ञानका उपप्राध्यापक मनकुमार धमलाका अनुसार जलवायु परिवर्तनसँगै प्लाष्टिकजन्य फोहोरहरुले कछुवा प्रजातिको बासस्थान र अस्तित्व संकटमा पर्दै गएको हो ।

